Facebook Twitter Google RSS

Friday, April 17, 2015

सामसुङ ग्यालेक्सी एस ६ भर्सेस एचटीसी वानएम

Unknown     3:55 AM  No comments

सामसुङ र एचटीसी ब्रान्डले हालै आफ्ना नयाँ मोडेलका मोबाइल नेपालमा भित्र्याएका छन्।  यी दुवै ब्रान्डमा पहिलेका भर्सनमा स्मार्टफोन मुख्य विशेषता मानिन्छ। नयाँ मोडेलले पनि बजार तताउने पक्का भएको विश्लेषकको भनाइ छ।
 
 प्रतिस्पर्धामा रहेका यी दुई स्मार्टफोनबीच समानता र भिन्नता के छ त?
 
डिजाइन
ग्यालेक्सी एस ६६.९ एमएम मोटो, आल्मुनियम युनिबडी र ग्लास प्यानलले बनेको छ भने वान एम ९९.५ एमएम मोटो र आल्मुनियम केसिंगले बनेको छ। सामसुङले नयाँ मोडलमा प्लास्टिक र चिप्लो आल्मुनियम धातु प्रयोग गरेको छ। 
 
एस ६ को अगाडि र पछाडि गोरिल्ला ग्लासले बनेको यो मोबाइलमा चिप्लिने समस्या हुँदैन। एचटीसीले भने पुरानै एम ८ को धातुको डिजाइन प्रयोग गरेको छ। स्क्रिनको माथिल्लो र तल्लो भागमा एम ९ मा डुअल स्पिकर छ। 
 
एस ६ मा रिमुभेबल ब्याक भेटिन्न र माइक्रो एस डी स्लट पनि छैन। एस ६ मा फ्रन्ट स्पिकर छैन तर यसमा फिंगरप्रिन्ट स्क्यानर भने छ।
 
स्क्रिन
ग्यालेक्सी एस ६ को स्क्रिन ५.१ इन्चको क्यूएचडी एमोलेड रहेको छ। यसको रिजोलुसन नोट ४ को जस्तै २५६०&१४४० रहेको छ। 
 
स्क्रिन प्रविधिमा एस ६ बढी कम्पनसिल छ। एचटीसी वान एम ९ को स्क्रिन पाँच इन्चको सुपर एलसी डी रहेको छ। 
 
यसको रिजोलुसन १९२०&१०८० रहेको छ। दुवैको स्क्रिन आकार उस्तै छ।
 
स्टोरेज
ग्यालेक्सी एस ६ को स्टोरेज मोडेल तीन किसिमको छ। यसमा माइक्रो एस डी कार्ड सपोर्ट गर्दैन। सामसुङले एप्पलको मोडल पछ्याएको छ। 
 
तीन किसिमको स्टोरेज मोडेल ३२ जीबी, ६४ जीबी र १२८ जीबीमा छन्। 
 
एचटीसी वान एम ९ मा माइक्रो एसडी कार्ड सपोर्ट गर्छ र यसमा ३२ जीबी स्टोरेज छ।
 
पावर
पहिला यी दुवै फोनले स्न्यापड्रागन एसओसी प्रयोग गरेका थिए। यसपटक सामसुङले स्न्यापड्रागन छोडेको छ भने उसले आफैंले बनाएको कस्टम चिपसेट प्रयोग गरेको छ। 
 
वान एम ९ ले स्न्यापड्रागन ८१० प्रयोग गरेको छ; जसमा दुई गेगाहर्ज कोर्तेक्स ए ५७ पावर कोर छ। 
 
सामसुङको एक्षिनोस सेटप प्याकमा १.३ गेगाहर्ज कोर्तेक्स ए ५३ कोर रहेको छ। 
 
सामसुङको पावर दक्षता ३० देखि ३५ प्रतिशत बढी हुने सर्वेक्षकको भनाइ छ।
 
क्यामेरा
एस ६ मा १६ एमपीको क्यामेरा छ। यसमा एमपीको फ्रन्ट क्यामेरा र सिंगल एलईडी फ्लास छ। 
 
वान एम ९ मा मुख्य क्यामेरा २० एमपी, फ्रन्ट क्यामेरा ४ एमपी छ भने यसमा डुअल एलईडी फ्लास छ। 
 
एचटीसीले अल्ट्रा पिक्सेल सेन्सरको फ्रन्ट क्यामेरामा राखेको छ। एस ६ मा फ्लास सिंगल छ भने एम ९ मा डुअल रहेको छ। 
 
एस ६ मा इमेज स्टेबिलाइजेसन पनि समावेश छ।
 
सफ्टवेअर
एस ६ अन्द्रोइट ललिपप, टचविज इन्टरफेसद्वारा सञ्चालित छ भने वान एम ९ अन्द्रोइट ललिपप, सेन्स ७.० इन्टरफेसद्वारा सञ्चालित छ। 
 
एचटीसीले ब्लिंकफिड, सूचनाको फिड र अन्य सामान्य विशेषता प्रदान गर्छ।
 
- See more at: http://annapurnapost.com/News.aspx/story/10464#sthash.cxrJ06Yx.dpuf

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon