बैज्ञानिक भन्छन्ः अझै ठूलो भूकम्प आउन बाँकि नै छ
१३ बैशाख, काठमाडौं ।
हिमालयन क्षेत्रमा ८० वर्षमा सबै भन्दा भूकम्प आएर राजधानी काठमाडौं सहित आसपासका क्षेत्रहरु ध्वस्त भए लगत्तै बैज्ञानिकहरुले झनै ठूलो भूकम्प आउन बाँकी रहेको चेतावनी दिएका छन् ।
७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएर नेपाल तहसनहस भए लगत्तै बैज्ञानिकहरुले यस्तो चेतावनी दिएपछि नेपालमा भने आतंक मच्चिने देखिएको छ ।
हिमालयन क्षेत्रमा ८० वर्षमा सबै भन्दा भूकम्प आएर राजधानी काठमाडौं सहित आसपासका क्षेत्रहरु ध्वस्त भए लगत्तै बैज्ञानिकहरुले झनै ठूलो भूकम्प आउन बाँकी रहेको चेतावनी दिएका छन् ।
७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएर नेपाल तहसनहस भए लगत्तै बैज्ञानिकहरुले यस्तो चेतावनी दिएपछि नेपालमा भने आतंक मच्चिने देखिएको छ ।
बैज्ञानिकहरुले यो क्षेत्रमा अझै ठूलो भूकम्प आउन बाँकी रहेको बताएका छन् । शनिबारको भूकम्प १०० एमएन टन टीएनटी बराबरको उर्जा बराबरको रहेको भूकम्प रहेको बताएका बैज्ञानिकहरुले सन् १९५० को १५ अगष्टमा भारत र अरुणाचल प्रदेशको सीमा क्षेत्रमा गएको भूकम्प जस्तै भूकम्प आउन सक्ने चेतावनी दिएका हुन् ।
यस अघि विहार नेपाल सीमाक्षेत्रमा १९३४ जनवरी १५ मा ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसपछि यति ठूलो भूकम्प गएको शनिबार पहिलो पटक हो । यस अघि सन् २०११ मा सिक्कीम नेपाल सीमा क्षेत्रमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपालमा भूकम्प जानुको मुख्य कारण भारत र तिब्बतबीचको टेक्टोनिक प्लेटमा हुने घर्षण भएको बैज्ञानिकहरु बताउँछन् । हिमालयन रिजन भनिने यो क्षेत्रमा अझै ठूलो भूकम्प आउने उनीहरुको भनाइ छ । यो क्षेत्रलाई युरोएसियन टेक्टोनिक प्लेट्सको संगम विन्दु मानिन्छ । यसैकारण यो क्षेत्रमा समय समयमा झट्का लागिरहन्छ । भारत तर्फको प्लेट उत्तर तर्फ अघि बढिरहेको र तिब्बती प्लेटसँग यो प्लेटको संघर्षले नेपाल भूकम्पको चपेटामा पर्ने गरेको छ ।
किन आइरहन्छ भूकम्प ?
इण्डियन र टेबटन टेक्टोनिक प्लेटको घर्षणका कारण हिमालयन क्षेत्रमा ठूलो शक्ति पैदा भैरहेको छ । त्यही कुण्ठिन शक्ति मुक्त हुन खोज्दा भूकम्प आउँछ । हिमालयन क्षेत्रमा अझै पनि ८ रेक्टर स्केल भन्दा माथिको भूकम्प बाटोमै रहेको बैज्ञानिकहरु यसै आधारमा अनुमान गर्छन् । अझै पनि हिमालयन क्षेत्रमा ८ रेक्टर स्केल भन्दा माथिको भूकम्प आउने खतरा कायमै रहेको उनीहरुको भनाइ छ ।
शनिबारको भूकम्प सानो-सानो आणविक बम विष्फोट भएको भन्दा शक्तिशाली भएको भन्दै बैज्ञानिकहरुले अझै ठूलो बम बराबरको शक्ति अझै पनि बाहिर निसक्न चाहेको चेतावनी दिएका छन् । यो भूकम्प नै ९ रेक्टर स्केल सम्मको हुन सक्ने अनुमान बैज्ञानिकहरुले गरेका थिए ।
0 comments :