Facebook Twitter Google RSS

मुख्य समाचार

खेलकुद

प्रविधि

रोचक ग्यालरी

फील्मी ताजा खबर

हट् रोचक फोटो फिचरिङ्

Saturday, May 9, 2015

भूकम्पले कुन जातिमा कति भयो मृत्यु ? (तालिकासहित)

Unknown     3:51 AM  No comments

भूकम्पले कुन जातिमा कति भयो मृत्यु ? (तालिकासहित)

भूकम्पबाट मानवीय रुपमा सबभन्दा बढी क्षति ब्यहोर्ने जिल्ला सिन्धुपाल्चोक रहेको सबैतिर चर्चामा छ । सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, रसुुवालगायतका जिल्लामा तामाङहरुको सघन बसोबास भएकोले समुदायगत रुपमा तामाङ समुदाय प्रभावित भएको जोकोहीले सहज अनुमान लगाउन सकिन्छ ।
स्वभाविक छ, भूकम्पबाट कमजोर घरहरु नै बढी क्षतिग्रस्त भएका छन् । बलियो आर्थिक अवस्था भएकाहरुले कमजोर घर बनाउने कमै सम्भावना हुन्छ । तसर्थ यो महाविपत्तिमा सबभन्दा बढी कमजोर आर्थिक अवस्था भएकाहरु नै पीडित भएका छन् । मानव विकाससूचकांकको आधारमा तामाङ समुदाय कमजोर आर्थिक अवस्था भएका समुदायमध्ये एक हो ।
यसपटकको भूकम्पको प्रमुख केन्द्र गोरखा भए पनि सिन्धुपाल्चोकमा बढी क्षति हुनुमा पनि त्यहाँका घरहरुको कमजोर संरचना एक रहेको विज्ञहरुले बताएका छन् । सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य रुपमा सोचिएभन्दा तामाङ समुदाय निकै धेरै प्रभावित भएको देखिएको छ ।
bhukampa-death-data-post
bhukampa-death-data-2post
हालसम्म सरकारले ३ हजार ७ सय ६४ जनाको नामसहितको तथ्याङ्क सार्वजनिक गरेको छ । जसलाई अध्ययन गर्दा कुल मृतकको संख्यामध्ये ३०.५१ प्रतिशत तामाङ समुदायका रहेका छन् । त्यसपछि बाहुन–क्षेत्री–सन्यासीको अनुपात २२.७९ प्रतिशत छ । जिल्लागत रुपमा काठमाडौंमा रहेका बाहुन–क्षेत्रीहरु बढी प्रभावित भएको देखिएको छ । यसको मूल कारण पनि उनीहरुको कमजोर भौतिक संरचना नै हो ।
तेस्रो प्रभावित जाति नेवार रहेको छ जसको मृत्यु अनुपात २२.२३ प्रतिशत छ । नेवार समुदायका अधिकांश पुराना घरहरु भत्किएर मृत्यु भएका हुन् । जिल्लागत रुपमा भक्तपुरमा मृत्यु हुनेहरुमध्ये करिब ९० प्रतिशत नेवार छन् ।
चौथो प्रभावित जाति गुरुङ हुन् । भूकम्पको मुख्य केन्द्रविन्दु भएको गोरखामा सघन बसोबास भएकाले पनि उनीहरु धेरै प्रभावित भएका हुन् । जिल्लागत रुपमा सबभन्दा बढी मानवीय क्षति ब्यहोर्ने जिल्ला सिन्धुपाल्चोक हो ।
सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांक ७ हजार ९ सय ३ जनामध्ये सिन्धुपाल्चोकमा मात्र ३८.६८ प्रतिशतले ज्यान गुमाएका छन् । बाँकी ३० जिल्लामध्ये काठमाडौं १५.३७ र नुवाकोटमा १२.३६ प्रतिशतले ज्यान गुमाएका छन् । बाँकी २९ जिल्लामा करिब ३४ प्रतिशत रहेका छन् ।

Sunday, April 26, 2015

२५ घण्टा पछि उस्तै ठूलो झट्का बनेपा केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प

Unknown     12:58 AM  No comments
काठमाडौ, वैशाख १३ - महाभूकम्प गएको २५ घण्टापछि फेरि ठूलो झट्का महशुस गरिएको छ । शनिबार ११ बजेर ५६ मिनेट जाँदा लम्जुङ केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । 

आइतबार १२ बजेर ५६ मिनेट जाँदा आज बनेपालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको छ । यसबीचमा करिव सय भन्दा धेरै साना झट्का महशुस गरिएको थियो । शनिबारको भूकम्पले नेपालको ऐतिहासिक धरहराको संरचना ध्वस्त भएको थियो भने बसन्तपुर पाटन र भक्तपुर दरबारस्क्वायरका संरचनाहरु पनि भत्किएका थिए ।
भूकम्पका कारण १९ सय बढीको ज्यान गइसकेको छ भने हजारौँ घाइतेको उपचार भइरहेको छ । 
भूकम्प आएलगत्तै नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायले चासो देखाइरहेका छन् ।

६ कुकुरसहित चिनियाँ उद्वार टोली केहीबेरमा काठमाडौं अवतरण गर्दै

Unknown     12:12 AM  No comments
हङकङ, वैशाख १३ - भूकम्प पीडितहरूका सहयोगका लागि आइतबार सबेरै बेइजिङबाट उडेको ६८ सदस्यीय चिनियाँ उद्दार टोली केहीबेरमै काठमाडौं अवतरण गर्दैछ । टोलीमा ३८ चिनियाँ जनमुक्ति सेनाका जवानसहित चाइना इन्टरनेशनल सर्च एण्ड रेस्क्यु टिम (सीआइएसएआर) का तालिमप्राप्त विशेषज्ञ टोली र ६ कुकुर छन् ।
चीन सरकारले विशेष विमानबाट अत्यावश्यक बन्दोबस्तीका सामाग्रीसहित उद्दार टोली पठाएको हो । टोलीलाई विदाई गर्न चिनियाँ परराष्ट्र मन्त्रालयका सहायक विदेश मन्त्री लिउ जिनचाओ, चीनका लागि नेपाली राजदूत महेश मास्के, काउन्सिलर रामप्रसाद सुवेदी लगायत विमानस्थल पुगेका थिए । चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालमा भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक जस्तोसुकै सहयोगका लागि तयार रहेको जनाएका छन् । उनले शनिबार अबेर समकक्षी रामवरण यादवलाई पत्रमार्फत उक्त जानकारी गराएका हुन् । प्रधानमन्त्री लि खछ्याङ र परराष्ट्र मन्त्री वाङ यीले समेत आ(आºना समकक्षी सुशील कोइराला र महेन्द्रबहादुर पाण्डेलाई बेइजिङस्थित नेपाली दूतावासमार्फत सोही आसयको छुट्टाछुट्टै पत्र पठाएका छन् ।

नेपाललाई सक्दो सहयोग गर्ने बताउदै निकै भावुक भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी " नेपालका दुख भारतका दुख हे ! भारत नेपाल के साथ हे " - नरेन्द्र मोदी, भारतका प्रधानमन्त्री (भिडियोसहित

Unknown     12:03 AM  No comments

नेपाललाई सक्दो सहयोग गर्ने बताउदै निकै भावुक भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी " नेपालका दुख भारतका दुख हे ! भारत नेपाल के साथ हे " - नरेन्द्र मोदी, भारतका प्रधानमन्त्री (भिडियोसहित


Saturday, April 25, 2015

बैज्ञानिक भन्छन्ः अझै ठूलो भूकम्प आउन बाँकि नै छ

Unknown     11:43 PM  No comments
बैज्ञानिक भन्छन्ः अझै ठूलो भूकम्प आउन बाँकि नै छ
१३ बैशाख, काठमाडौं ।
हिमालयन क्षेत्रमा ८० वर्षमा सबै भन्दा भूकम्प आएर राजधानी काठमाडौं सहित आसपासका क्षेत्रहरु ध्वस्त भए लगत्तै बैज्ञानिकहरुले झनै ठूलो भूकम्प आउन बाँकी रहेको चेतावनी दिएका छन् ।

७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएर नेपाल तहसनहस भए लगत्तै बैज्ञानिकहरुले यस्तो चेतावनी दिएपछि नेपालमा भने आतंक मच्चिने देखिएको छ ।



बैज्ञानिकहरुले यो क्षेत्रमा अझै ठूलो भूकम्प आउन बाँकी रहेको बताएका छन् । शनिबारको भूकम्प १०० एमएन टन टीएनटी बराबरको उर्जा बराबरको रहेको भूकम्प रहेको बताएका बैज्ञानिकहरुले सन् १९५० को १५ अगष्टमा भारत र अरुणाचल प्रदेशको सीमा क्षेत्रमा गएको भूकम्प जस्तै भूकम्प आउन सक्ने चेतावनी दिएका हुन् ।



यस अघि विहार नेपाल सीमाक्षेत्रमा १९३४ जनवरी १५ मा ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसपछि यति ठूलो भूकम्प गएको शनिबार पहिलो पटक हो । यस अघि सन् २०११ मा सिक्कीम नेपाल सीमा क्षेत्रमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।



नेपालमा भूकम्प जानुको मुख्य कारण भारत र तिब्बतबीचको टेक्टोनिक प्लेटमा हुने घर्षण भएको बैज्ञानिकहरु बताउँछन् । हिमालयन रिजन भनिने यो क्षेत्रमा अझै ठूलो भूकम्प आउने उनीहरुको भनाइ छ । यो क्षेत्रलाई युरोएसियन टेक्टोनिक प्लेट्सको संगम विन्दु मानिन्छ । यसैकारण यो क्षेत्रमा समय समयमा झट्का लागिरहन्छ । भारत तर्फको प्लेट उत्तर तर्फ अघि बढिरहेको र तिब्बती प्लेटसँग यो प्लेटको संघर्षले नेपाल भूकम्पको चपेटामा पर्ने गरेको छ ।



किन आइरहन्छ भूकम्प ?

इण्डियन र टेबटन टेक्टोनिक प्लेटको घर्षणका कारण हिमालयन क्षेत्रमा ठूलो शक्ति पैदा भैरहेको छ । त्यही कुण्ठिन शक्ति मुक्त हुन खोज्दा भूकम्प आउँछ । हिमालयन क्षेत्रमा अझै पनि ८ रेक्टर स्केल भन्दा माथिको भूकम्प बाटोमै रहेको बैज्ञानिकहरु यसै आधारमा अनुमान गर्छन् । अझै पनि हिमालयन क्षेत्रमा ८ रेक्टर स्केल भन्दा माथिको भूकम्प आउने खतरा कायमै रहेको उनीहरुको भनाइ छ ।



शनिबारको भूकम्प सानो-सानो आणविक बम विष्फोट भएको भन्दा शक्तिशाली भएको भन्दै बैज्ञानिकहरुले अझै ठूलो बम बराबरको शक्ति अझै पनि बाहिर निसक्न चाहेको चेतावनी दिएका छन् । यो भूकम्प नै ९ रेक्टर स्केल सम्मको हुन सक्ने अनुमान बैज्ञानिकहरुले गरेका थिए ।

एसिड आक्रमणमा परी घाइते सिमा बस्नेतले गायिका बन्ने सपनालाई त्यागेर राजनीति यात्रालाई सुरुवात गरेकी छिन...उनी भन्छिन राजनीतिमा लागेर यो देशको प्रधानमन्त्री बन्नेछु...बस्नेतसँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस ।

Unknown     12:53 AM  No comments
एसिड आक्रमणमा परी घाइते सिमा बस्नेतले गायिका बन्ने सपनालाई त्यागेर राजनीति यात्रालाई सुरुवात गरेकी छिन...उनी भन्छिन राजनीतिमा लागेर यो देशको प्रधानमन्त्री बन्नेछु...बस्नेतसँग गरिएको कुराकानीको भिडियो हेर्नुहोस ।

नेपालमा ठुलो ७.४ रेक्टर स्केलको भुकम्पको धक्का महसुस (भिडियो हेर्नुहोस)

Unknown     12:06 AM  No comments


नेपालमा ठुलो ७.४ रेक्टर स्केलको भुकम्पको धक्का महसुस (भिडियो हेर्नुहोस)

Breaking News : Magnitude 7.5 in Nepal with Video


Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon