Facebook Twitter Google RSS

Friday, April 24, 2015

नौ जोडी आपत्तिजनक अवस्थामा होटलबाट समातिए

Unknown     10:29 AM  No comments

परासी : जिल्लाका विभिन्न बजार क्षेत्रका होटलबाट यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा प्रहरीले नौ जाडीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा ८ जना पुरू ष र १० जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक हेमकुमार थापाले बताए।
पछिल्लो पटक जिल्लाको सुनवल, परासी, तिलकपुर, वर्दघाट र त्रिवेणीका होटलहरूमा छाडा रूपमा यौनजन्य क्रियाकलाप बढ्दै गएको गुनासो आएपछि शुक्रबार राती प्रहरीले छापा मारेर पक्राउ गरेको हो। उनीहरूलाई सुनवलको कल्पना र चौधरी होटल तथा तिलकपुरस्थित वासांवसहीको रेस्टुरेन्टबाट आपत्तिजनक पक्राउ गरिएको डिएसपी थापाले बताए। पक्राउ पर्नेमा तीन भारतीय पुरू ष नागरिक समेत छन्। आफुहरूको घर अर्घखाची, गुल्मी र कपिलवस्तु घर बताउने महिलाहरू दलित जातीका छन्। उनीहरू १८ देखि २४ वर्षसम्मका छन्। पक्राउ गरिएका उनीहरूलाई सार्वजनिक अपराध सम्बन्धि मुद्दा चलाउनेबारे छलफल भइरहेको डिएसपी थापाले बताए।
सिमावर्ती क्षेत्रमा रहेको नवलपरासीमा पछिल्लो पटक भारतको ठुठिबारी, निचलौल लगायतका स्थानबाट ग्राहकहरू आउन थालेपछि होटलमा यौन विकृति बढेको हो। दिउँसै यौन विकृति बढेको व्यापक गुनासो आएपछि नियन्त्रणका लागि होटलहरूमा निगरानी बढाएर अभियान सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ।
यसैबीच भारततर्फ बेचविखन गर्न लागेको अवस्थामा शनिबार सिमावर्ती नाका महेशपुरबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ, इटहरा ३ का ३६ वर्षिय नारायण थापा रहेको डिएसपी थापाले बताए। कुवेतमा नोकरी लगाइदिने भन्दै महेशपुर सिमाको ठुठिबारी नाकाबाट एक २६ वर्षिय राई थरकी युवतीलाई लैजाने क्रममा थापा पक्राउ परेका हुन्। प्रहरीका अनुसार विदेश लगिदिने भनि ल्याएका थापाले नवलपरासी आइपुग्ने समय सम्म विभिन्न शंकास्पद क्रियाकलाप गर्न थालेपछि राईले नै प्रहरीसमक्ष उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon