Facebook Twitter Google RSS

Friday, April 17, 2015

राजभाइ सुवालको हनिमुन: जब उनी रोइन

Unknown     2:54 AM  No comments

२०४८ साल फागुन १४ गते कमला महर्जनसँग मेरो परम्परागत मागी विवाह भएको हो। त्यसबेला हनिमुन, भ्यालेन्टाइनको गतिविधि थाहा थिएन। विवाहअघि एकदुई पटक हाम्रो भेटघाट भएको थियो। त्यसपछि विवाह भयो। 
 
विवाह भएको दुई दिनपछि मात्र हामीले सुहागरात मनाउने अवसर पायौं। विवाहपछि नेवारहरूको 'कोठा बिगु' नामक परम्परागत संस्कारपछि मात्र दुलाहादुलही एउटै कोठामा सुत्न पाइन्छ।
 
त्यतिन्जेलसम्म दुलहा छुट्टै दुलही छुट्टै कोठामा सुत्ने चलन छ। दुलहीको साथमा माइतीबाट आएका काकी, दिदी, माइजू आदिमध्ये कोही एकजना अग्रज साथी बस्नुहुन्छ।
 
नेवार संस्कृतिअनुसार हाम्रो विवाह भएकाले दुलही लिन म गइनँ। बेहुलाको माला नलाई मेरो विवाह भएको हो। आमाबुबा गएर दुलही ल्याइदिनुभएको हो। हाम्रो समाजमा विवाहको दुई दिनमा परम्परागत प्रक्रिया हुन्छ त्यसलाई 'सिन्चा छायकेगु' भनिन्छ। 
 
त्यो दिन बिजेश्वरी गएर दुलहीलाई सिन्दूर लगाइन्छ। ससुरालीमा ज्वाईंलाई स्वागत गर्ने कार्यक्रम 'जिलाजँ दुचाय्केगु' सकेर घर फर्किएपछि मात्र एउटै कोठामा बस्न पाइन्छ। 
विवाहअघिको पहिलो भेटमा मैले उनलाई सोधेको थिएँ, 'तिमीलाई माया गर्ने वा तिमीले माया गर्ने कोही मान्छे छ?' त्यो दिन उनी रोइन्‌ मात्र। ससुरालीमा ज्वाईंलाई स्वागत गर्ने कार्यक्रम 'जिलाजँ दुचाय्केगु' सकेर घर फर्किंदा रातको ११ बजिसकेको थियो। यो कर्म सकेपछि मात्र दुलहादुलही एउटै कोठामा बस्न पाउँछन्। त्यो रात हामीले गफ गरेरै बितायौं।
ती कर्म सकेपछि मात्र दुलहादुलहीले एकान्त पाउँछन्। यसलाई 'कोठा बिगु' भनिन्छ। त्यो दिन सबै क्रियाकलाप सकेर घर पुग्दा रातको ११ बजिसकेको थियो। सुहागरात हामीले गफ गरेरै बितायौं।
 
विवाहअघिको पहिलो भेटमा मैले उनलाई सोधेको थिएँ, 'तिमीलाई माया गर्ने वा तिमीले माया गर्ने कोही मान्छे छ?' त्यो दिन उनी रोइन्मात्र। 
 
उनको वुबा उनी आमाको पेटमा हुँदै बित्नुभएको रहेछ र आमा पनि उनी १३ वर्षको हुँदा बित्नु भएछ। यस्तो भएकोले मैले माया गर्ने मान्छेको बारेमा सोध्दा रोएकी रहिछन्। 
 
यो कुरा सुहागरातको दिन गफ गर्ने क्रममात्रै मैले थाहा पाएँ। त्यो रात हामी गफ गर्दागर्दै ५ बज्यो। घर, व्यवहार, जिन्दगी, भविष्य, विगत, वर्तमान सबै विषयमा कुराकानी भए। एक अर्कालाई चिन्ने बुझ्ने र खुल्ने अवसर पाइयो। 
 
५ बजे उनी घर बढार्न कुचो खोज्न थालिन्। घर बढार्ने क्रम सुरु भयो। यसलाई 'वसिबँ' भनिन्छ। यसलाई नयाँ दुलहीको घरधन्दा गर्ने क्षमता परीक्षण गर्ने दिनका रूपमा पनि लिइन्छ।
 
म त्यतिबेला चलचित्र छायांकन गर्थे। विवाहको लागि थोरै दिन छुट्टी लिएको थिएँ। विवाहको केही दिनमै काममा फर्किहालेँ। उनी पनि जागिरे थिइन् दुई दिनपछि अफिस जान थालिन्।
 
छायांकन प्राय: राति हुन्थ्यो। उनको अफिस दिउँसो। उनी अफिसबाट फर्किए पछि म काममा जान्थेँ। 
 
म बिहान घर फर्किएपछि उनी काममा जान्थिन्। केही साता यसरी नै बित्यो। 
 
त्यसैले विवाहलगत्तै हनिमुन मनाउन कतै टाढा जाने मौका मिलेन। केही समयपछि दार्जिलिङ भ्रमणमा गयौं। त्यो पनि सामूहिक थियो। 
- See more at: http://annapurnapost.com/News.aspx/story/10521#sthash.Yqc7q2jg.ZIBq3Icg.dpuf

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon