हरएको मोबाईल म्यापमा देखाउने एप्लिकेसन नेपालमा
आजका दिनमा मोबाइल हातमा नहुने व्यक्ति कमै छन् । मोबाइल भएका व्यक्तिलाई मनमा मोबाइल हराउने चिन्ता परिरहेको हुन्छ । यस्तै मोबाइल चोरीका घटनाहरु मनन् गरेर जेन्या प्रालीले मोबाइल सुरक्षा सम्बन्धि सफ्टवयेर बजारमा लिएर आएको छ ।
‘JEENYA Mobile Security‘ एप्लिकेसनले एन्ड्रोइड फोनहरुमा सुरक्षा प्रदान गर्दछ । यो एप्लिकेसनको प्रयोग गर्दा मोबाइल कुन समयमा कुन स्थानमा छ भनेर मोबाइल धनीले कुनै पनि समयमा थाहा पाउन सक्ने छन् । गूगल म्यापमा मोबाइल कुन स्थानमा छ भनेर यो एप्लिकेसनले देखाई दिने छ । मोबाइल कुन स्थान र लगभग कुन घरमा छ भनेर थाहा हुन्छ । ‘GPS’ को संकेतको मार्फत यो एप्प्लिकेसनले काम गर्ने छ । ‘GPS’ बन्द गरिएको अवस्थामा इन्टरनेट प्रयोग भएको स्थानको जानकारी दिने छ । एकपटक यो एप्लिकेसन मोबाइलमा हालेपछि मोबाइल वाट सामान्य एप्प्लिकेसन हटाए जसरी हटाउन सकिदैन ।
यो एप्लिकेसनको प्रयोग कार्यालयमा हाजिरकोरुपमा गर्न सकिने छ । कर्मचारी कार्यालयको दायरामा प्रवेश गरेपछि हाजिर सुरु हुने छ र कार्यालयको दायराबाट बाहिर निस्के पछि हाजिर समाप्त हुने छ ।
अभिभाबकहरुले आफ्ना सन्तान कुन समयमा कहाँ छन् भनेर थाहा पाउन सक्नेछन् । व्यक्तिगत सुरक्षाको लागि पनि यो एप्लिकेसन सहयोगी बन्ने छ ।
अभिभाबकहरुले आफ्ना सन्तान कुन समयमा कहाँ छन् भनेर थाहा पाउन सक्नेछन् । व्यक्तिगत सुरक्षाको लागि पनि यो एप्लिकेसन सहयोगी बन्ने छ ।
यो एप्लिकेसनको निरन्तर प्रयोग गर्नकोलागि मोबाइल धनीले रु २०० तिर्नु पर्ने हुन्छ। यो प्रत्येक मोबाइलको लागि एकपल्ट तिर्नु पर्ने रकम हो र मोबाइलको आयु रहुन्जेल यो एप्प्लिकेसनको सेवा प्रयोग गर्न मिल्ने छ । सामान्यतया यो एप्लिकेसन फ्याक्ट्री रिसेट गर्दा मोबाइलबाट हट्ने हुनेछ तर ग्राहकले चाहेको खण्डमा यो एप्प्लिकेसनलाई फ्याक्ट्री रिसेट गर्दा पनि मोबाइलबाट हटाऊन नसकिने बनाउन मिल्छ । यस्तो बिशेष सुबिधाको लागि थप रु ८०० तिर्नुपर्ने हुन्छ ।
यो एप्लिकेसनको प्रयोगबाट आफ्नो हराएको मोबाइलको स्थान देखाईदिने हुनाले मोबाइल हराएको अवस्थामा मोबाइल भएको व्यक्ति र स्थान सजिलै पुग्न सकिने छ।





0 comments :