Facebook Twitter Google RSS

Friday, April 24, 2015

क्विन अफ सिक्वेल

Unknown     10:35 AM  No comments

सिक्वेल फिल्म 'आशिकी २' बाट बलिउडमा लोभलाग्दो रि-इन्ट्री मारेपछि यति बेला श्रद्धा कपुर सिक्वेल फिल्ममा धमाधम अनुबन्ध हुन थालेकी छन् । सायद त्यही भएर, भारतीय मिडियाले उनलाई 'क्विन अफ सिक्वेल' कै ट्याग दिन थालेका छन् । हुन पनि यति बेला 'एबीसीडी २' र 'रक अन २' मा काम गरिरहेकी छन् ।
यसलाई नायिकाले भने संयोग मात्रै भनेकी छन् । पछिल्लोपटक 'हैदर' मा देखिएकी श्रद्धाले राम्रा स्त्रिmप्ट छान्ने क्रममा उक्त फिल्ममा अनुबन्ध भएको बताइन् ।
'खासमा म यस्तो सिक्वेल प्याटर्नमा विश्वास गर्दिनँ,' उनले भनेकी छन्, 'तर पनि क्षमतावान् मान्छेसँग काम गर्न पाउँदा आफूलाई एकदम भाग्यमानी ठान्छु ।'
पहिलो फिल्म 'तीन पत्ती' नै फ्लप भएपछि श्रद्धाको बलिउड प्रवेश झुर भएको थियो । शक्ति कपुरकी छोरीले हिम्मत जुटाएर अर्को फिल्म 'लभका द इन्ड' खेलिन् । त्यसले पनि उनलाई कुनै चर्चा दिलाएन । दुई वर्षको ग्यापमा फेरि ट्राइ मारिन्, हिट फिल्म 'आशिकी' को सिक्वेलमा । आखिर सिक्वेल फिल्मबाटै उनको भाग्योदय भयो ।
यतिबेला उनी 'बदलापुर' हिरो वरुण धवनको अपोजिटमा रेमो डिसुजाको डान्स फिल्म 'एबीसीडी' को सिक्वेलमा व्यस्त छिन् । त्यसपछि फरहान अख्तरको म्युजिकल फिल्म 'रक अन २' मा व्यस्त हुनेछिन् ।

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon