Facebook Twitter Google RSS

Friday, April 24, 2015

`रेशम फिलिली` प्रिमियर

Unknown     10:18 AM  No comments

पारी त्यो डाँडामा' बोलको गीतका कारण नै राम्रो उचाई पाएको फिल्म 'रेशम फिलिली' आजबाट देशभरका हलमा लागेको छ । फिल्मको बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर शो गरिएको छ । रातो कार्पेटलाई हटाउँदै सुकुले ओच्छ्याएर गरिएको प्रिमियर फरक देखियो । 
 
प्रिमियरमै यो फिल्म हेर्नका लागि फिल्मकर्मी, पत्रकार र अन्य विभिन्न क्षेत्रका मानिसहरुमा एक प्रकारको उत्साह देखियो । फिल्म हेर्दा हलमा हाँसो गुञ्जायमान भयो । विनय श्रेष्ठ, कर्मा, मेनुका प्रधानको साथमा फिल्ममा नयाँ अनुहार छन्, कामेश्वर चौरासिया । तर, फिल्म हेरेर बाहिर आएपछि दर्शकले कामेश्वरलाई मात्र सम्झिए । 
 
माधव वाग्ले र विनय श्रेष्ठको निर्माणमा तयार भएको यो फिल्मले रेशम नाम गरेको एक पात्रको कथालाई प्रस्तुत गरेको छ । गाउँबाट बहिनी सुन्तलीको बिहे गर्ने सोचका साथ विदेश जान आएको यूवक दलालले फसाएपछि काठमाण्डौमै रनभुल्लमा पर्छ । यसपछि उसको जिवनमा आउने उतारचढाव नै फिल्मको कथावस्तु हो ।
 
प्रणव जोशीले निर्देशन गरेको यो फिल्मको चर्चित गीत 'पारी त्यो डाँडामा'को दृश्यले दर्शकलाई सन्तुष्ट बनाउँदैन । गीत अनुसार दृश्य शुन्य जस्तै छ । फिल्म मध्यम छ । 
 
फिल्म हेर्नका लागि अभिनेत्रीहरुको बाक्लो उपस्थिती हलमा देखियो । कुमारी हलका २ वटै पर्दामा फिल्म देखाइएको थियो । धेरै संचारकर्मीदेखि अन्य विभिन्न क्षेत्रका मानिसहरुले पास नपाएर घर फर्किए । 

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon