काठमाडौं, वैशाख ११ । नेपाल यु–१४ क्षेत्रीय महिला फुटबलको लगातार दोस्रो उपाधिनजिक पुगेको छ । काठमाडौंमा जारी प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपाल १–० ले विजयी भयो । नेपालको जितमा खेलको ४६औैं मिनेटमा निर्मला उपाध्यायले निर्णायक गोल गरिन् । खेलपछि निर्मलाले
देशलाई जिताउने अठोटकै कारण गोल गर्न सफल भएको बताइन् ।
फाइनलमा नेपालले शनिबार बंगलादेशको सामना गर्दैछ । शुक्रबारै भएको दोस्रो सेमिफाइनलमा इरानलाई २–० ले हराउँदै बंगलादेश फाइनलमा पुगेको हो ।
फाइनल भिडन्त दशरथ रंगशालामै अपरान्ह ४ बजे हुनेछ ।
गत वर्ष श्रीलंकाको कोलम्बोमा आयोजित प्रतियोगिताबाट यो उमेर समूहमा ‘डेब्यु’ गरेको नेपालले पहिलो सहभागितामै उपाधि जितेको थियो ।
- See more at: http://imagekhabar.com/samachar/detail/47582/31/.shtml#sthash.1EpcCX6l.mm3TSfo6.dpuf

0 comments :