Facebook Twitter Google RSS

Friday, April 17, 2015

नेपालद्वारा कोरियालाई ८ गोल

Unknown     2:23 AM  No comments

नेपालद्वारा कोरियालाई ८ गोल


  • एसियन समुदायस्तरीय लिग फुटबल
कतारमा जारी तेश्रो एसियन समुदायस्तरी लिग फुटबलमा नेपालले दक्षिण कोरियालाई ८ गोल गर्दै आफूलाई दाबेदार टिमको रूपमा अगाडि सारेको छ । अब उसले श्रीलंकालाई पराजित गर्न सकेमा सेफीफाइनको यात्रा तय गर्नेछ ।


नेपालले गत बिहीबार राति खेलेको खेलमा प्रतिस्पर्धी टिमलाई पूर्ण रूपमा दबाबमा राखेको थियो । खेलको पहिलो गोल प्रकाश गिरीले गरेका थिए । उनले प्रहार गरेको बल निकै उत्कृष्ट थियो । दोस्रो गोल पनि गिरीले नै गरेका थिए ।


दोस्रो हाफबाट मैदान छिरेका स्टाइकार त्रिपेन राई तीन गोल गर्दै ह्याटि्रक गर्न सफल भएका थिए । यसअघि मलेसियाको खेलमा गिरीले ह्याटि्रक गरेका थिए ।


खेलमा राजकुमार चौधरीले एक, दिनेश राईले एक गोल गरेका थिए । पेनाल्टीमा बालकृष्ण लामाले सीधा जाली चुमाएका थिए । नेपाली खेलाडीले धेरै गोल गरे पनि खेलाडीहरूबीच अझै तालमेल मिलिरहेको थिएन । 'हामीले अझै खेललाई अझै सुधार गर्नुपर्नेछ,' टिम कोच पिक्कल सुब्बाले भने, 'खेलाडीहरू राम्रो खे लिरहेका छन् । खेल जित्न अझै मिहिनेतको जरुरी छ ।'


दिनभर काममा गरेर मैदानमा सिधै आइपुगेका खेलाडीहरूले सुन्दर खेल खेल्ने प्रयास जारी गरेको खेलाडीहरू बताउँछन् । समूह 'बी' मा रहेको नेपाल अहिले दोस्रो स्थानमा छ । उसको ७ अंक छ । पहिलो स्थानमा श्रीलंका ९ अंकले अगाडि छ ।


'अब अपि्रल ९ गते श्रीलंकासँग खेल हुँदैछ । यो खेल हामीलाई जित्नु जरुरी छ,' नेपाली टिमका अध्यक्ष सञ्जीव रानाभाटले भने,' यसको लागि हामी तयारी गरिरहेका छौं ।' कतार फुटबल एसोसिएसनद्वारा आयोजित लिगमा १२ देशबीच खेल भइरहेको छ । अर्को खेलमा लेबनानले जापानलाई ९ गोल गरेको थियो । त्यसमा जापानले एक गोल फर्काउन  सफल भयो ।


श्रीलंकाले मलेसियालाई ३—० ले गोल गर्दै बिजेता बनेको छ । थाइल्यान्डले फिलिपिन्ससँग ४—० को अन्तरले जितेको छ ।





कसको स्थान कहाँ ?


     समूह "ए"           समूह "बी"


देश अंक देश अंक


लेबनान श्रीलंका


भारत नेपाल


थाइल्याण्ड मलेसिया


जापान इन्डोनेसिया


जोर्डन चीन


फिलिपिन्स दक्षिण कोरिया ० 

Unknown


Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit. Ut odio. Nam sed est. Nam a risus et est iaculis adipiscing. Vestibulum ante ipsum faucibus luctus et ultrices.
View all posts by Naveed →

0 comments :

Latest Stories

प्रवास

कला / साहित्य

coming soon

प्रविधि / स्वास्थ्य

coming soon

अन्तर्वार्ता

coming soon